ग्लोबल


‘गोलीले घाइते पूर्वप्रधानमन्त्री आबेको अवस्था चिन्ताजनक’

‘गोलीले घाइते पूर्वप्रधानमन्त्री आबेको अवस्था चिन्ताजनक’

गोली लागेपछि ढलेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे।


नेपालखबर
असार २४, २०७९ शुक्रबार १२:२७, काठमाडौँ

जापानका प्रधानमन्त्री फुमियो किशिदाले गोली लागेर घाइते भएका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अवस्था चिन्ताजनक रहेको बताएका छन्।

जापानी सञ्चारमाध्यमका अनुसार पूर्वप्रधानमन्त्री आबेलाई शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानिएको हो। गोली लागेपछि उनी घटनास्थलमै ढलेका थिए। 

जापानी प्रधानमन्त्री किशिदाले आबेको अवस्था चिन्ताजनक रहेको बताएका छन्। ​

किशिदाले भने, ‘म आबे निको होस् भनेर हृदयदेखि नै प्रार्थना गरिरहेको छु। म यस आक्रमणको घोर निन्दा गर्दछु। लोकतन्त्रमा यस्तो हिंसालाई कुनै स्थान हुँदैन।’

जापानी सञ्चारमाध्यमका अनुसार आबे बेहोस छन्। एनएचके रिपोर्टका अनुसार उनलाई एम्बुलेन्समा अस्पताल लगिँदा उनी होसमा थिए। 

प्रहरीले ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ। शंकास्पद आक्रमणकारीलाई नाराको निशी प्रहरी चौकीमा लगिएको छ। जापानी मिडियाका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन्।​

याे पनि : 

गोली लागी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे ढलेको भिडिओ भाइरल

गोली लागेर जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे ढलेपछि...(चार तस्बिर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad