ad ad

ग्लोबल


फेरि चर्कँदै गाेर्खाल्याण्डकाे माग, दिल्लीमा धर्ना सुरु

फेरि चर्कँदै गाेर्खाल्याण्डकाे माग, दिल्लीमा धर्ना सुरु

शैलेन्द्र समदर्शी
मंसिर २२, २०७६ आइतबार १०:५६,

क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले आइतबारदेखि छुट्टै राज्य गोर्खाल्यान्डका लागि दिल्लीको जन्तरमन्तरमा धर्ना कार्यक्रम सुरु गरेको छ। यो धर्ना भोलिसम्म चल्नेछ।

दिल्लीमा गोर्खाल्यान्डका लागि धर्ना दिनकै लागि क्रामाकपा कार्यकर्ताहरू दार्जिलिङबाट दिल्ली पुगेका छन्। यसैगरी त्यहाँको गोर्खाल्यान्डपन्थी सङ्घ-संस्था गोर्खाल्यान्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)ले पनि धर्नामा सहभागिता जनाएको छ।

क्रामाकपाका अनुसार संसदको शीतकालीन सत्र चलिरहेकै बेला छुट्टै राज्य गोर्खाल्यान्डप्रति केन्द्र सरकारको ध्यानाकर्षण गर्नका लागि जन्तरमन्तरमा धर्ना कार्यक्रम आयोजन गरिएको हो।

‘भाजपाले पछिल्लो लोकसभा चुनाउमा आफ्नो संकल्प-पत्रमा दार्जिलिङको स्थायी राजनीतिक समाधान गर्ने प्रतिबद्धता जनाएको छ’, क्रामाकपा केन्द्रीय सचिव मण्डली सदस्य किशोर प्रधानले थपे, ‘दार्जिलिङको स्थायी समाधान भनेकै गोर्खाल्यान्ड हो। यसैले केन्द्र सरकारले छुट्टै राज्यका लागि पहल शुरु गर्नुपर्छ।’

दार्जिलिङ पहाड़ मात्र होइन तराई डुवर्सलाई समेटेर गोर्खाल्यान्ड गठन गरी भाजपाले आफ्नो वचन पूरा गर्नुपर्ने प्रधानको माग छ। ‘हामीले मागिरहेको छुट्टै राज्य गोर्खाल्यान्डको माग संवैधानिक माग हो’, उनले थपे, ‘यसैले केन्द्र सरकारले हाम्रो मागलाई पूरा गर्नुपर्छ।’

आजको धर्नामा सहभागीहरूले गोर्खाल्यान्डको माग चर्को नारा आदि लगाएका थिए। धरना कार्यक्रममलाई क्रामाकपा र जीएसएसएसका नेतृत्वहरूले सम्बोधन गरेका थिए। जानकारीका अनुसार धर्ना कार्यक्रममा मदर्स ग्रुप दिल्ली र अखिल भारतीय गोर्खा लीग भारती तामाङ गुटले पनि सहभागिता जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .