चिनियाँ संसदका शीर्ष वरीयताका सांसद ली जाङ्सुले रुस भ्रमण गर्ने भएका छन्।
सातौं पूर्वी आर्थिक फोरममा सहभागी हुन उनी रुस जान लागेका हुन्। आइतबार सिन्ह्वा न्युज एजेन्सीले दिएको जानकारीअनुसार युक्रेनसँगको युद्ध सुरु भएपछि रुस भ्रमण गर्ने उनी सबैभन्दा शीर्ष चिनियाँ अधिकारी हुन्।
ली नेशनल पिपुल्स कांग्रेस स्ट्यान्डिङ कमिटीका अध्यक्ष पनि हुन्। उनले रुस, मंगोलिया, नेपाल र दक्षिण कोरिया भ्रमण गर्नेछन्। जाङ्सुले रुस भ्रमणको क्रममा भ्लाडिभोस्टोकमा हुने चार दिने फोरममा पनि सहभागिता जनाउनेछन्।
जाङ्सु चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयताका नेता हुन्। उनले आगामी महिना हुने पार्टीको कांग्रेसबाट अवकाश पाउँदै छन्।
यद्यपि उनको संसदीय पद भने मार्चसम्म कायम रहनेछ।
111
Shares
प्रतिक्रिया