ग्लोबल


पपुवा न्युगिनी भूकम्प : १० जनाको मृत्यु

पपुवा न्युगिनी भूकम्प : १० जनाको मृत्यु

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १८:४९, पोर्ट मोरेस्बी

पपुवा न्युगिनीमा गत आइतबार बिहान ७:४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ। यस भूकम्पमा परी अन्य कैंयौँ घाइते भएका छन्। 

उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वीदेशान्तरमा ७० किलोमिटरको गहिराईमा रहेको जनाइएको छ। भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ। अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त भएको छैन। 

प्रधानमन्त्री जेम्स मारापेले पपुवा न्युगिनीलाई आएको शक्तिशाली भूकम्पपछि सतर्क रहन चेतावनी दिएका छन्। तर यसको प्रभाव सन् २०१८ को भूकम्पभन्दा कम हुने अपेक्षा गरिएको छ। सन् २०१८ को भूकम्पमा परी १५० जनाको ज्यान गएको थियाे। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad