कारोबार


‘आईएमई पेसँग डिजिटल दशैं तिहार अफर, डिजिटल भुक्तानी गर्दा लाखौंँको उपहार

‘आईएमई पेसँग डिजिटल दशैं तिहार अफर, डिजिटल भुक्तानी गर्दा लाखौंँको उपहार

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १९:०, काठमाडौँ

दशैं, तिहार तथा छठको अवसरमा भुक्तानी सेवा प्रदायक, आइएमई पेले ‘आइएमई पे डिजिटल दशैं तिहार २०७९’ अफर सार्वजनिक गरेको छ। उक्त अफर २०७९ साला आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुनेछ। 

अनलाइन सपिङ साइट, दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आइएमई पे मार्फत अफर अवधि भरी कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ टिभिको प्याकेज, दराजको हजारौँ भाउचर कोड देखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाईम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर इ–स्कुटर पनि उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ।

आईएमई पे मोबाइल वालेटमार्फत विभिन्न कार्य तथा सेवाहरूको लागि सहजै अनलाइन भुक्तान गर्न सकिन्छ। यसै डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन यस महा–अफर मार्फत आइएमई पेबाट विभिन्न भुक्तानी गरे बापत पनि उपहारहरू प्रदान गरिनेछ।

अफर अवधि भरी आईएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाइल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४ क्यारेट सुन (प्रति), आइएमई पेमा बैंकको खाता लिङ्क गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन+ (प्रति) र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टिभि (५५ इन्च, प्रति) पाउनेछन्।

चाडपर्व कै अवसर पारी आइएमई पे मार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताहरुले १५ प्रतिशत छुट र हिमाल डेन्टलमा १५ प्रतिशत छुट पनि प्राप्त गर्न सक्नेछन्। साथै आइएमई पेको प्रयोगकर्ताहरुले आइएमई पे एपमा कुनै पनि कारोवार गरेको आर्थिक बिवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप पनि पाउनेछन्।

दैनिक उपहारको विजेताहरुको घोषणा हरेक हप्तामा एक पटक सामाजिक संजाल मार्फत हुनेछ भने अरु सबै उपहारहरुको विजेताको घोषणा अफर अवधि पश्चात सामाजिक संजालमा तथा कम्पनीको लागि सम्भावित कुनै पनि माध्यम मार्फत हुनेछ। सम्पूर्ण विजेताहरुले अफर अवधिको अन्त्यमा मात्रै उपहारहरु प्राप्त गर्नेछन्।

उपहारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यतः आईएमई पे एपमा आफ्नो केवाईसी प्रमाणित गर्नु पर्ने नियम कम्पनीले स्पष्ट पारेको छ। यस्का साथै आईएमई पे एपमा क्यास –इन र क्यास–आउट बाहेक अरु सम्पूर्ण भुक्तानीमा उपहार जित्न मिल्ने नियम रखिएको छ। यस अफर सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरु आईएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad