ad ad

ग्लोबल


न्युयोर्कमा चिनियाँ र युक्रेनी विदेशमन्त्रीबीच भेटवार्ता

न्युयोर्कमा चिनियाँ र युक्रेनी विदेशमन्त्रीबीच भेटवार्ता

नेपालखबर
असोज ८, २०७९ शनिबार ७:५१, काठमाडौँ

चिनियाँ विदेशमन्त्री वाङ यी र उहाँका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जनाएको छ। 

गत फेब्रअरीमा रूसले युक्रेनमा गरेको आक्रमणपछि दुई देशबीच बिहीबारको बैठक पहिलो हो ।

शुक्रबार, युक्रेनको मस्को–नियन्त्रित क्षेत्रहरू जनमत सङ्ग्रहमा रूसको भाग बन्ने वा नबन्ने बारेमा मतदान गर्दै छन् जुन कीभ र यसका सहयोगीले गैरकानुनी भूमि कब्जाको रूपमा निन्दा गरेका छन्।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार वाङले कुलेबालाई भने, “सबै देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नैपर्छ। सबै देशको वैध सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिनुपर्छ र सङ्कटको शान्तिपूर्ण समाधानका लागि अनुकूल हुने सबै प्रयासलाई समर्थन गर्नुपर्दछ।”

चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग संयुक्त राज्य अमेरिकाको सामना गर्न घनिष्ठ रणनीतिक गठबन्धनको प्रयास गरिरहेका बेला बेइजिङले युक्रेनमाथि रूसको आक्रमणको निन्दा गर्न अस्वीकार गरेको छ।

चीनले पटक–पटक वार्ताको माध्यमबाट द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गरेको छ, तर सहजीकरणका लागि कुनै कदम चालेको छैन। 

वाङले कुलेबालाई भने, “चीन जहिले पनि शान्ति वार्तालाई बढावा दिन प्रतिबद्ध छ, कहिल्यै चुप लागेर बस्दैन, आगोमा कहिल्यै इन्धन थप्दैन र आफ्नो स्वार्थका लागि परिस्थितिको फाइदा कहिल्यै उठाउँदैन।”

“चीन सधैँ शान्तिको पक्षमा उभिएको छ र रचनात्मक भूमिका निर्वाह गरिरहनेछ,” उनले भने। 

कुलेबाले ट्वीटरमार्फत भेटवार्ताको पुष्टि गरेकी हुन्। “मेरा चिनियाँ समकक्षीले युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति चीनको सम्मान र मतभेद सुल्झाउने माध्यमका रूपमा बल प्रयोगलाई अस्वीकार गर्नुभएको छ,” उनले भने। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .