अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनले होन्डुरसमाथि ३–० गोल अन्तरको जित हात पारेको छ।
शनिबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सीले दुई गोल गरे।
पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमार्फत एक गोल गरेका उनले ६९ औं मिनेटमा टोलीका लागि अर्को गोल थपेका हुन्।
यसअघि खेलको १६ औं मिनेटमा लाउरेटो मार्टिनेजले एक गोल थपेका थिए।
असोज ८, २०७९, शनिबार
प्रतिक्रिया