ad ad

ग्लोबल


युक्रेनको चार क्षेत्रमा भएको जनमतसंग्रहमा रुसमा गाभिने नतिजा आएको दाबी

युक्रेनको चार क्षेत्रमा भएको जनमतसंग्रहमा रुसमा गाभिने नतिजा आएको दाबी

नेपालखबर
असोज १२, २०७९ बुधबार ९:३१, काठमाडौँ

युक्रेनको विभिन्न चार क्षेत्रमा भएको कथित जनमतसंग्रहमा रुसमा गाभिनुपर्ने नतिजा आएको रुसले दाबी गरेको छ।

युक्रेनमाथि आक्रमण गरी रुसले आफ्नो कब्जामा लिएको उक्त क्षेत्रमा घरघरमा पुगेर मानिसहरुसँग मत लिएको थियो। जसमध्ये अधिकांशले रुसमा गाभिनुपर्ने मत राखेको रुसले बताएको छ।

यद्यपि रुसले युक्रेनको भूमिमा आफ्नो अधिकार कायम गर्नको लागि जनमतसंग्रहको नाटक गरेको पश्चिमा मुलुकले बताएका छन्। 

उक्त जनमसंग्रहको नतिजालाई युक्रेन तथा उसका सहयोगी मुलुकले अस्वीकार गरेका छन्। युक्रेनको लुहान्स्क र डोनेट्स क्षेत्रमा उक्त मतदान गराइएको थियो।

त्यस्तै खेरसन र जापोराजियाको पनि विभिन्न क्षेत्रमा मतदान गराइएको थियो। ४० लाख मानिसको बसोबास रहेको उक्त चार क्षेत्र समग्र युक्रेनको करिब १५ प्रतिशतको भूभाग हो।

रुसको सरकारी समाचारपत्रले उल्लेख गरेअनुसार ९९.२३ प्रतिशत मानिसले रुससँग जोडिने पक्षमा मतदान गरेका छन्। 

शुक्रबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त चार क्षेत्रलाई रुसमा गाभेको घोषणा गर्न सक्ने आशंका गरिएको छ। 

यसअघि सन् २०१४ मा पनि रुसले क्रिमियामा जनमतसंग्रह गरेर उक्त भागलाई आफ्नो भूमिमा समावेश गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .