भारत सरकारले अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल अनिल चौहानलाई नयाँ चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरेको छ। यो भारतीय सेनाको शीर्षस्थ पद हो।
यसअघिका चिफ अफ डिफेन्स स्टाफ विपीन रावत हेलिकोप्टर दुर्घटनामा मारिएका थिए। त्यसको नौ महिनापछि चौहानलाई सो पदमा नियुक्त गरिएको हो।
सुरुवातमा भारतीय सेनाको ११ गोर्खा राइफल्समा काम गरेका उनी अवकाश पाउनुअघि इस्टर्न कमान्डका कमान्डर–इन–चिफ थिए।
२०२१ को मे महिनामा उनले अवकाश पाएका थिए।
गत जुनमा अवकाशप्राप्त सैन्य अधिकारीलाई पनि चिफ अफ डिफेन्स स्टाफ नियुक्त गर्न मिल्नेगरी नियम संशोधन गरिएको थियो। एजेन्सी
असोज १२, २०७९, बुधबार
270
Shares
प्रतिक्रिया