ad ad

ग्लोबल


जापानमाथिबाट उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

जापानमाथिबाट उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०७९ मंगलबार ६:३९, काठमाडौँ

उत्तर कोरियाले जापानको भूमिमाथिबाट ब्यालेस्टिक मिसाइशल परीक्षण गरेको छ। जापानको उत्तरी क्षेत्रभन्दा माथिबाट उत्तर कोरियाले आफ्नो मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

यससँगै जापानको होक्काइडोका मानिसहरुलाई सरकारले चेतावनी जारी गर्दै उडानमा रोक लगाएको छ भने अस्थायीरुपमा रेल सेवा पनि बन्द गरिएको छ। 

सन् २०१७ यता पहिलोपटक उत्तर कोरियाले जापानको आकाशबाट मिसाइल परीक्षण गरेको हो। राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल र न्युक्लियर हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ। तर, उत्तर कोरियाले त्यसको निरन्तर अवज्ञा गर्दै आएको छ। 

जापानले दिएको जानकारीअनुसार उक्त मिसाइल जापानभन्दा तीन हजार किलोमिटर टाढा प्यासिफिक महासागरमा खसेको थियो। यो घटनाको कारण कुनै क्षति भने नभएको बीबीसीले उल्लेख गरेको छ। 

दक्षिण कोरियाको सेनाले पनि उत्तर कोरियाले मंगलबार स्थानीय समयअनुसार साढे सात बजे उक्त मिसाइल परीक्षण गरेको र जापानको माथिबाट गएको उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .