ग्लोबल


अमेरिकाको नर्थ क्यारोलिनामा गोली आक्रमण, पाँचजनाको मृत्यु

अमेरिकाको नर्थ क्यारोलिनामा गोली आक्रमण, पाँचजनाको मृत्यु

नेपालखबर
असोज २८, २०७९ शुक्रबार ९:२१, काठमाडौँ

अमेरिकाको नर्थ क्यारोलिनामा बिहीबार भएको गोली आक्रमणमा पाँचजनाको मृत्यु भएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा एक प्रहरी अधिकारी पनि सामेल छन्। समाचारमा उल्लेख गरिएअनुसार बिहीबार स्थानीय समयअनुसार साँझ करिब पाँच बजे उक्त घटना भएको हो।

नर्थ क्यारोलिनाकी मेयर मेरी एन बाल्डविनले गोली आक्रमणको यो घटनामा अन्य दुईजना मानिस पनि घाइते भएको जानकारी दिएकी छिन्।

उनले यस विषयमा विस्तृत जानकारी भने दिएकी छैनन्। उनले यस किसिमका हिंसा रोक्नुपर्ने चुनौती अमेरिकासँग रहेको बताएकी छिन्। 

यो आक्रमणमा संलग्न रहेको आरोपमा एक गोरा किशोरलाई हिरासतमा लिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad