ad ad

ग्लोबल


गुजरातमा पुल भत्किँदा ३२ जनाको मृत्यु

गुजरातमा पुल भत्किँदा ३२ जनाको मृत्यु

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार २२:१२, काठमाडौँ

भारतको गुजरात राज्यको मोरबीस्थित मच्छु नदीमा झोलुङ्गे पुल भत्कँदा ३२ जनाको ज्यान गएको छ। 

दुर्घटनामा कैयाैँ व्यक्ति नदीमा खसेका र उनीहरु फँसेकाे आशंका गरिएकाे छ।

प्रहरीले नदीमा खसेका व्यक्तिहरुकाे उद्धार गरिरहेको छ।

करीब एक सताब्दी पुरानो यो पुलको मर्मतपछि हालै सर्वसाधारणका लागि खोलिएको थियो।

मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २ लाख रुपैयाँ र घाइतेका लागि ५० हजार रुपेयाँ राहत दिने घोषणा गरिएको छ।

यस्तै, गुजरातका मुख्यमन्त्री भूपेंद्र पटेलले दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई ४ लाख रुपेयाँ तथा घाइतेका लागि ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको बीबीसीले जनाएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .