कुनै बेला संरक्षण अभावमा सुकेको कमल पोखरी यो वर्ष छठका ब्रतालुको प्रमुख केन्द्र बनेको छ।
काठमाडौं महानगरपालिकाले सरसफाइसँगै पुनर्निर्माण गरेपछि पुनर्जीवित भएको कमल पोखरीमा छठघाट बनाएर यो वर्ष छठीमाईको पूजा गरिएको हो।
गौरीघाटमा छठको रौनक, ब्रतालुले दिए सूर्यलाई अर्घ्य (फोटो फिचर)
छठघाट बनाइएको कमल पोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत गएर पूजा गरेकी छन्।
आइतवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर कयौँ ब्रतालु घर फर्किए पनि अझै दर्जनौँ भने त्यहीँ बसेका छन्।
उनीहरु आज रातभर निरहार ब्रत बसे सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन छठघाटमै बसेका हुन्।
कात्तिक १३, २०७९, आइतबार
57
Shares
प्रतिक्रिया