ग्लोबल


गुजरात पुल दुर्घटना : खोज तथा उद्धार स्थगन

गुजरात पुल दुर्घटना : खोज तथा उद्धार स्थगन

गुजरातको मच्छुनदीस्थित झोलुङ्गे पुल। जुन पुल गत आइतबार राति भाँचिदा १४१ जनाको मृत्यु भयो।


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १३:१४, ओटावा

भारतको पश्चिमी राज्य गुजरातका अधिकारीहरूले मोर्बीको मच्छुनदीमा हराएकाहरूको खोजी स्थगन गरेका छन्। गत आइतबार राति मच्छुनदीको झोलुङ्गे पुल भाँचिदा एक सय ४१ जनाको मृत्यु भएको थियो भने कैयौँ हराएका थिए। उद्धारकर्ताले गएरातिदेखि खोज स्थगन गरेका हुन्। 

नदीबाट एक सय ७७ जनालाई उद्धार गरिएको र कोही पनि हराएको सूचना प्राप्त नभएकाले खोजी स्थगन गरिएको उनीहरूले बताएका छन्। स्थानीय प्रशासनले त्यसलाई पुष्टि गरेको छ। पुल भाँचिदा एक सय जना घाइते भएका थिए। बेलायतको शासनकालमा शताब्दीअघि निर्मित उक्त पुल सात महिनाको मर्मत-सम्भारपछि अघिल्लो साता खुला गरिएको थियो। 

पुलको भारवहन क्षमताभन्दा बढी मानिस त्यहाँँ एकत्र भएपछि दुर्घटना भएको हो। पुलको क्षमताभन्दा पाँच सय जना बढी मानिस दुर्घटनाका बेला पुलमा रहेका विवरण सार्वजनिक भएका छन्। स्वदेशी तथा विदेशी पर्यटकका निम्ति मोर्वी पुल आकर्षक गन्तव्य मानिन्छ। 

प्रधानमन्त्री नरेन्द्र मोदीलगायत केन्द्र र राज्य सरकारका उच्च अधिकारी मोर्बी पुगेर दुर्घटनाबारे जानकारी लिएका थिए। विश्वभरका नेताहरूले उक्त घटनामा मारिएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भारतसरकारसमक्ष शोक व्यक्त गरेका थिए। गत मङ्गलबार दुर्घटनामा मारिएकाको सम्झनामा भारत राजकीय शोकमा थियो। 

पुल मर्मतसम्भारको ठेक्का पाएको ओरेभा ग्रुप अजन्ता म्यानुफ्याक्छचरिङ प्राइभेट लिमिटेडका दुई जना प्रबन्धक, ठेकेदारलगायत नौ जना कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका थिए। यद्यपि उनीहरूमाथि नियतवश ज्यान मार्ने उद्योग गरेको अभियोग भने नलगाइएको बताइएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .