ग्लोबल


स्पेनमा विवाह समारोहमा झगडा हुँदा चार जनाको मृत्यु

स्पेनमा विवाह समारोहमा झगडा हुँदा चार जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १९:१०, म्याड्रिड

स्पेनमा आइतबार बिहान एक विवाह पार्टीका सदस्यहरूका बीच झगडा  भएको र उनीहरूलाई कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

घटनामा संलग्न भएको आरोपमा तीन जनालाई हिरासतमा लिइएको राष्ट्रिय प्रहरीका प्रवक्ताले एएफपीलाई  बताएका छन्।

म्याड्रिडबाट करिब २५ किलोमिटर (१६ माइल) उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको आयोजना गरिरहेको रेस्टुरेन्टको अगाडि बिहानै झगडा भएको थियो।

झगडापछि एउटा कारले विवाहमा आएका पाहुनालाई ठक्कर दिएर भागेको थियो।्

‘जब हामी घटनास्थलमा पुग्यौं र त्यहाँ गम्भीर चोटपटकबाट  चार जनाको मृत्यु भएको  पाइएको’, म्याड्रिड आपतकालीन सेवाका प्रमुख कार्लोस पोलोले बताएका छन्। 

घाइते अन्य चारजनालाई उपचारका लागि अस्पताल लगिएको उनले बताए।

आक्रमण गरेको आशंका गरिएको गाडी दुर्घटनास्थलबाट ५० किलोमिटर टाढा भेटिएको र त्यसमा सवार तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी प्रहरीले चौथो संदिग्धको खोजी भइरहेको बताएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .