ad ad

ग्लोबल


अमेरिकी पत्रकारले खिचेको नेपालको हिमचितुवाको भाइरल फोटो ‘नक्कली’

अमेरिकी पत्रकारले खिचेको नेपालको हिमचितुवाको भाइरल फोटो ‘नक्कली’

नेपालखबर
मंसिर १०, २०७९ शनिबार १२:८, काठमाडौँ

केही समयअघि अमेरिकी पत्रकार कितिया पावलोव्स्कीले खिचेको भनिएको हिमचितुवाको तस्बिर नक्कली भएको दाबी गरिएको छ।

हिमालयन क्षेत्र, प्रकृति, फोटाग्राफीलगायतका विषयमा जानकारी राख्दै आएको अल्पाइन इन्टरनेशनल म्यागजिनले उक्त तस्बिरहरु नक्कली भएको दाबी गरेको हो। 

उक्त म्यागजिनको फ्याक्ट चेकलाई आधार मान्ने हो भने पावलोव्स्कीले खिचेको भनिएका तस्बिर अनौठो किसिमको देखिएको छ र त्यस्ता फोटोहरु विभिन्न पहाडहरुको फोडो जोडी बनाइएको हो। 

फ्याक्ट चेकका अनुसार उनले हिमचितुवाको केवल चार फोटो सार्वजनिक गरेकी छिन्। उक्त फोटोको विषयमा उनले कुनै परिचय पनि खुलाएकी छैनन्। साथै उनले यसअघि कुनै पनि वाइल्डलाइफ फोटोग्राफी नगरेको पनि उक्त म्यागजिनले उल्लेख गरेको छ। 

म्यागजिनका अनुसार पेशागत फोटोग्राफरले नै यस्तो फोटो लिन निकै मेहनत गर्नुपर्ने हुन्छ भने उनीहरुल वर्षौंको समय पनि लगाउने गर्छन्। तर, पावलोव्सकीले पहिलो तस्बिर नै यति सहज अवस्थामा खिचेको विषयमा आशंका हुँदा यसबारे म्यागजिनले थप खोजी गरेको हो। 

म्यागजिनका अनुसार उक्त फोटोको प्रकृति, बनावाट, प्रकाश र लोकेसन पनि मिलेको देखिँदैन। पावलोव्स्कीले विभिन्न फोटोहरु जोडेर फोटोसपको माध्यमबाट उक्त हिमचितुवाको तस्बिर बनाएको म्यागजिनले बताएको छ। 

पावलोव्स्कीले आफ्नो कहानीमा गोरक शेप ट्रेकिङको उल्लेख गरेकी छिन्। उक्त यात्राको क्रममा नै आफूले हिमचितुवा देखिएको उल्लेख गरेकी छिन् तर पछिल्लो तीन दशकदेखि उक्त स्थानमा हिँडिरहेका पर्यटकहरुले भने अहिलेसम्म यो स्थानमा हिमचितुवाको एक झल्को पनि देखेको बताएका छैनन्। 

पावलोव्स्कीले खिचेको दाबी गरिएको एक फोटोमा प्रकाश मिलेको छैन। उनको तस्बिरको प्रकाश हेर्दा त्यहाँ दुईवटा सूर्य लागेको जस्तो देखिन्छ। त्यस्तै जुन स्थानमा उनले हिमचितुवा हिँडिरहेको तस्बिर लिएकी छिन्, त्यसको अर्कोभागबाट हेर्ने हो भने त्यहाँसम्म पुग्ने बाटो पनि देखिँदैन। जानकारहरुका अनुसार पावलोव्स्कीले दाबी गरेको उचाइमा हिमचितुवा पाउन सम्भव हुँदैन। 

फ्याक्ट चेकको क्रममा म्यागजिनको टोलीले पावलोव्स्कीलाई उनले खिचिएको वास्तविक तस्बिर उपलब्ध गराउन आग्रह गरेको थियो तर उनले कुनै जवाफ दिइनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .