ग्लोबल


भारत : गुजरातमा कीर्तिमानी जिततर्फ भाजपा, हिमाचलमा कांग्रेसको सरकार

भारत : गुजरातमा कीर्तिमानी जिततर्फ भाजपा, हिमाचलमा कांग्रेसको सरकार

नेपालखबर
मंसिर २२ , काठमाडौँ

भारतका गुजरात र हिमाचल प्रदेश भएको विधानसभाको चुनावको परिणाम आइरहेको छ। 

बिहीबार आइरहेको परिणामअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भारतीय जनता पार्टीले कीर्तिमानी बहुमत पक्का गरेको छ।

गुजारत विधानसभाका १८२ सिटमध्ये जारी मतगणना अनुसार भाजपाले १५६ सिटमा अग्रता बनाएको छ। 

यहाँ भारतीय कांग्रेसले १७ सिटमा अग्रता बनाएको छ। अर्कातिर आम आद्‍मी पार्टीले त्यहाँ केवल ५ स्थानमा जित निकाल्ने देखिएको छ।

भाजपाले गुजरातमा यस पहिले सन् २००२ मा १२७ सीटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ।

भाजपाले गुजरातमा सन् १९८५ मा माधव सिंह सोलङ्कीको नेतृत्वमा भारतीय राष्ट्रिय काङ्ग्रेस (कांग्रेस–आई) सरकारले विधानसभामा हासिल गरेको १४७ को उच्च चुनावी रेकर्डलाई पनि तोड्ने पक्का भएको छ। 

यसअघि सार्वजनिक गरिएको सर्भेषणमा भाजपा राज्यमा सातौँ पटक भारी बहुमतका साथ सत्तामा आउने अनुमान गरिएको थियो। 

गुजरात विधानसभा चुनावको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको थियो। गुजरातका ३३ जिल्लाका ३७ मतदान केन्द्रमा मतगणना सुरु भएको थियो। 

गुजरातमा विधानसभा चुनाव क्रमशः डिसेम्बर १ र ५ मा दुई चरणमा सम्पन्न भएको थियो। गुजरात निर्वाचनको दोस्रो चरणको अन्त्यसम्ममा गुजरातमा अनुमानित ५९.११ प्रतिशत मतदान भएको थियो। 

गुजरातमा २७ वर्षदेखि भाजपा सत्तामा छ। नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुअघि सबैभन्दा लामो समयसम्म मुख्यमन्त्रीको पदमा रहेर काम गरेका थिए। 

सन् २०१७ को विधानसभा चुनावमा काङ्ग्रेसले सत्तारुढ भाजपालाई कडा टक्कर दिएको थियो।

हिमाचलमा कांग्रेस
उता हिमाचलमा भने भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई) ले सरकार बनाउने भएको छ। 

हिमाचल प्रदेशका ६८ सिटम भएको चुनावमा भने कांग्रेसले बहुमत ल्याउने देखिएको छ। त्यहाँ अहिले कांग्रेसले ३९ सिटमा अग्रता लिएको छ। 

त्यहाँ भाजपाले अहिले २६ स्थानमा अग्रता लिएर प्रतिपक्षमा जाने देखिएको छ। राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र करिब ७५.६ प्रतिशत मतदान भएको थियो। 

हिमाचल प्रदेश विधानसभा निर्वाचनको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको छ। हिमाञ्चल प्रदेशका ५९ स्थानमा ६८ वटा मतगणना कक्ष रहेका छन्। 

भाजपाले लगातार दोस्रो कार्यकालका लागि सत्तामा फर्कने प्रयास गरिरहेका बेला कांग्रेसले उसलाई धक्का दिएको हो। 

मंसिर २२, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.