ad ad

ग्लोबल


अमेरिकी संसद्‌मा बोल्दै जेलेन्स्कीले भने– रुससँग आत्मसमर्पण गर्दैनौं

अमेरिकी संसद्‌मा बोल्दै जेलेन्स्कीले भने– रुससँग आत्मसमर्पण गर्दैनौं

नेपालखबर
पुस ७, २०७९ बिहिबार ८:५३, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिका भ्रमणमा गएका छन्। गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेयता युक्रेनका राष्ट्रपतिको यो पहिलो विदेश भ्रमण हो। 

अमेरिका पुगेका जेलेन्स्कीले त्यहाँको संसद्मा पनि सम्बोधन गरेका छन्। संसद्‌मा सम्बोधनको क्रममा जेलेन्स्कीले आफूहरु रुसको आक्रमणबाट विचलित नभई अघि बढिरहेको उल्लेख गरेका थिए।

उनले युक्रेनलाई रुसले बल प्रयोग गरेर कमजोर बनाउन नसक्ने बताए। 

जेलेन्स्कीले आगामी वर्ष युक्रेनको लागि सबैभन्दा महत्वपूर्ण वर्षको रुपमा रहने बताएका छन्।

‘यो युद्ध त्यतिकै छाड्ने वा स्थगित हुँदैन, यसलाई वेवास्ता पनि गर्न मिल्दैन’, उनले भने। 

जेलेन्स्कीले यो युद्धमा आफूहरुले रुससँग आत्मसमर्पण नगर्ने दाबी गरे। उनले अन्तिममा युक्रेनले पूर्णरुपमा जित हात पार्ने विश्वास व्यक्त गरे।

यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गरेका थिए। भेटको क्रममा उनले अमेरिकाले युक्रेनलाई युद्धको लागि गरेको सहयोगको प्रशंसा गरेका थिए।

उनले अमेरिकाले युक्रेनलाई दिएको आर्थिक सहयोगले विश्वव्यापी सुरक्षा प्रणाली बलियो बनाउन महत्वपूर्ण हुने बताएका छन्। सो क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले पनि युक्रेनलाई थप सहयोगको आश्वासन दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .