ग्लोबल


ब्राजिलको संसद् भवनमा भएको आक्रमणविरुद्ध बोले मोदी

ब्राजिलको संसद् भवनमा भएको आक्रमणविरुद्ध बोले मोदी

नेपालखबर
पुस २५, २०७९ सोमबार १०:१२, काठमाडौँ

ब्राजिलका संसद, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले गरेको आक्रमणप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन्।

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भालाई ट्याग गर्दै प्रधानमन्त्री मोदीले ट्विट गरेका छन्, ‘ब्राजिलमा राष्ट्रका संस्थानहरूमा दंगा र तोडफोडको समाचारबाट म चिन्तित छु। प्रजातान्त्रिक परम्परालाई सबैले सम्मान गर्नुपर्छ। हामी ब्राजिल सरकारलाई पूर्ण समर्थन गर्छौं।’

यस हिंसात्मक हमलाविरुद्ध  विश्वका अन्य शीर्ष नेताहरूले पनि प्रतिक्रिया दिइरहेका छन्। 

केही दिनअघि ब्राजिलमा राष्ट्रपति लुला दा सिल्भाले पद तथा गोपनीयताको शपथ खाएका थिए। 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ब्राजिलको लोकतान्त्रिक संस्थामा भएको यो आक्रमणको निन्दा गर्दै ब्राजिलका जनता र यसका संस्थालाई सम्मान गर्नुपर्ने बताएका छन्। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ब्राजिल लगायत कुनै पनि लोकतन्त्रमा जनताको लोकतान्त्रिक छनोटको सम्मान गर्नु सर्वोपरी रहेको बताएका छन्।

ब्राजिलको राजधानी ब्राजिलियामा आइतबार पूर्व राष्ट्रपति जैर बोल्सोनारोका हजारौं समर्थकले संसद, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेका थिए। प्रदर्शनकारीहरूले यी भवनहरूका झ्याल तोडफोड गरेका थिए र ब्राजिलका मन्त्रीको दाबीअनुसार दंगाकारीहरूले हतियार लिएर भागेका थिए।

ब्राजिल प्रहरीले हालसम्म २ सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

गत वर्ष अक्टोबरमा ब्राजिलमा भएको राष्ट्रपतीय निर्वाचनमा बोल्सोनारोले पराजय स्वीकार गर्न अस्वीकार गरिरहेका छन्। बोल्सोनारो गत हप्ता सत्ता हस्तान्तरण समारोहमा पनि उपस्थित भएनन्। हाल उनी अमेरिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .