ad ad

ग्लोबल


नेपालको भूकम्पको धक्का भारतको दिल्लीसम्म

नेपालको भूकम्पको धक्का भारतको दिल्लीसम्म

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०७९ मंगलबार १५:२७, काठमाडौँ

बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्म महसुस भएको छ। 

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५.९ म्याग्निच्यूडको भूकम्पको धक्का भारतको उत्तर प्रदेश, बिहार, उत्तराखण्ड, हरियाणा र राजधानी नयाँ दिल्लीसम्म महसुस भएको हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली-एनसीआरमा यो भूकम्पको धक्का महसुस भएको हो। भारतमा यो भूकम्पको धक्का ५.८ मापन गरिएको छ। 

यो भूकम्पको धक्का नेपाल, भारत र चीनसम्म महसुस भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। 

अंग्रेजी नयाँ साल सुरु भएयता नयाँ दिल्लीमा महसुस भएको यो तेस्रो भूकम्पको धक्का हो। यसअघि ५ जनवरीमा दिल्ली-एनसीआर र कश्मिरमा भूकम्पको धक्का महुसु भएको थियो। 

त्यसबेला ५.९ म्याग्निच्यूडको धक्का महसुस भएको थियो। त्यसको केन्द्र अफगानिस्तानको फैजाबादबाट ७९ किलोमिटर पर हिन्दू कुश इलाकामा थियो। 

दिल्लीमा नयाँ सालको पहिलो दिन पनि भूकम्प गएको थियो। त्यसबेला भारतीय राष्ट्रिय भूकन्प विज्ञान केन्द्रले मध्यराति १ बजेर १९ मिनेटमा ३.८ म्याग्निच्यूडको भूकम्प गएको उल्लेख गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .