ग्लोबल


उत्तर कोरियाले प्रदर्शन गर्‍यो हालसम्मकै धेरै आणविक क्षेप्यास्त्र

उत्तर कोरियाले प्रदर्शन गर्‍यो हालसम्मकै धेरै आणविक क्षेप्यास्त्र

नेपालखबर
माघ २६, २०७९ बिहिबार १७:९, काठमाडौँ

उत्तर कोरियाले रात्रीकालीन परेडमा हालसम्मकै धेरै अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रदर्शन गरेको छ। यसले उत्तर कोरियाको क्षेप्यास्त्र निर्माण क्षमता बढेको र क्षेप्यास्त्रका लागि ठोस इन्धनको विकास गरेको देखिएको विज्ञहरुले बताएका छन्।

गतवर्ष उत्तर कोरियाले अनेकौँ ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।

‘यसपटक किम जोङ उनले उत्तर कोरियाको रणनीतिक र लामो दुरीको क्षेप्यास्त्र शक्तिलाई आफैँ बोल्न दिएका छन्,’ दक्षिण कोरियाको सोलस्थित एह्वा विश्वविद्यालयका प्राध्यापक लिफ एरिक इजिली भन्छन्।

बुधबार राति भएको परेडको तस्बिर तथा भिडिओ सरकारी टेलिभिजन केसीएनएले बिहीबार देखाएको थियो। जसमा ह्वासङ–१७ नामक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र ११ वटा देखिएको थियो। 

सो क्षेप्यास्त्रले संसारको जुनसुकै कुनामा आणविक हतियार प्रहार गर्न सक्ने अनुमान गरिन्छ।

‘११ वटा त्यस्ता क्षेप्यास्त्र अमेरिकाको क्षेप्यास्त्र प्रतिरोधी क्षमतालाई हायलकायल पार्न पर्याप्त हुन्छ,’ कार्नेगी एन्डाउमेन्टका अंकित पाण्डाले ट्विटरमा लेखेका छन्, ‘यो अहिलेसम्म हामीले उत्तर कोरियामा देखेकोभन्दा ज्यादा हो।’

ह्वासङ–१७ पहिलो पटक गतवर्ष परीक्षण गरिएको थियो। 

दक्षिण कोरियाले अवैध आणविक हतियार उत्पादन तत्काल बन्द गर्न उत्तरलाई गरेको छ। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad