उत्तरी ग्रिसमा दुई वटा रेल जुध्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ। दर्जनौँ घाइते भएका छन्।
३५० जना यात्रु बोकेको एउटा रेल अर्को मालबाहक रेलसँग जुधेको थियो।
लारिसा सहरनजिकै सो दुर्घटना भएको थियो। रातभर उद्धारकर्ताहरुले घाइते र मृतकको उद्धार गरेका थिए।
करिब डेढ सय अग्नि नियन्त्रक र ४० एम्बुलेन्स दुर्घटना स्थल पुगेका थिए।
दुर्घटना किन भयो भन्ने स्पष्ट भइसकेको छैन।
ठूलो आवाजको विस्फोट भएपछि डिब्बाहरु पल्टिएको र त्यसलगत्तै आगो लागेको यात्रुहरुले बताएका छन्।
‘रेल गुल्टी खाँदै गर्दा हामी जलिरहेका थियौँ। यता पनि उता पनि जताततै आगैआगो थियो। दसपन्ध्र सेकेन्ड बबण्डर भयो। मानिसहरु चेपिएका थिए, चिच्याइरहेका थिए,’ एक यात्रुले सुनाएका छन्। एजेन्सी
33
Shares
प्रतिक्रिया