ad ad

ग्लोबल


अन्तर्वार्ताका क्रममा सुटुक्क घडी फुकाल्दा आलोचनाको भुंग्रोमा फ्रान्सेली राष्ट्रपति

अन्तर्वार्ताका क्रममा सुटुक्क घडी फुकाल्दा आलोचनाको भुंग्रोमा फ्रान्सेली राष्ट्रपति

नेपालखबर
चैत ११, २०७९ शनिबार १७:५७,

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ तीक्ष्ण नजर भएका टेलिभिजन दर्शकका कारण समस्यामा परेका छन्। अन्तर्वार्ताको क्रममा टेबलमुनि हात छिराएर उनले ‘विलासी’ घडी फुकालेको भन्दै उनको चर्को आलोचना भएको हो।

म्याक्रोँ अहिले आफ्नो पेन्सन सुधार कार्यक्रम विवादित बनेपछि संकटमा छन्। अवकाशको उमेर ६२ बाट ६४ बनाएको विरोधमा ठुल्ठूला प्रदर्शन भइरहेका छन्।

बिहीबार करिब ३० लाख मानिसले सरकारी निर्णयविरुद्ध प्रदर्शन गरेका थिए।

उनी यसै विषयमा अन्तर्वार्ता दिन टेलिभिजनमा उपस्थित भएका थिए।

अन्तर्वार्ताको क्रममा उनले ८० हजार युरो पर्ने विलासी घडी टेबलमुनि हात लुकाएर फुकालेको आरोप आलोचकहरुले लगाएका छन्। तर, सो दाबी गलत भएको राष्ट्रपति कार्यालयको भनाइ छ। घडीको मूल्य २४ सय युरोभन्दा कम पर्ने केहीको भनाइ छ।

म्याक्रोँले सामान्यजनको अवस्था नबुझेको आरोप लाग्दै गरेका बेला अन्तर्वार्तामा उनले घडी लुकाउँदा उनको झन् आलोचना भएको छ। कतिपयले उनलाई ‘धनीहरुका राष्ट्रपति’ भन्दै आएका छन्। 

तर, राष्ट्रपति कार्यालयका प्रतिनिधिले अन्तर्वार्ताका क्रममा घडी टेबलमा ठोक्किएर बारम्बार आवाज आएपछि उनले घडी फुकालेको बताएका छन्। 

अन्तर्वार्तामा करिब १० मिनेट बितेपछि म्याक्रोँले टेबलमा हात राख्दा आवाज आएको सुनिन्छ। त्यसपछि उनी हात टेबलमुनि लैजान्छन्। पछि उनको हात बाहिर आउँदा घडी हुँदैन।

सो भिडिओ क्लिप अहिले भाइरल बनेको छ।

फ्रान्सेली सञ्चारमाध्यमहरुले भने सो घडी बेल एन्ड रोस कम्पनीद्वारा निर्मित भएको र १६ सयदेखि २४ सय युरोसम्म पर्ने बताएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .