ग्लोबल


रक्सी खाएका युवकको बाबु, भाइ र छोराले गरे कुटेर हत्या

रक्सी खाएका युवकको बाबु, भाइ र छोराले गरे कुटेर हत्या

सांकेतिक तस्बिर


नेपालखबर
जेठ ४, २०८० बिहिबार ११:२७, काठमाडौँ

भारतको महाराष्ट्रमा रक्सी खाएको भन्दै ३५ वर्षीय एक पुरुषको परिवारकै सदस्यले कुटपिट गरी हत्या गरेका छन्।

३५ वर्षीय एक युवकको उनका बुवा, भाइ र छोराले कुटपिट गरी हत्या गरेका हुन्। यति मात्रै होइन, हत्यापछि शव पनि जलाइएको थियो।

प्रहरीले आरोपीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

उनीहरूले युवकको हत्या गरेको प्रारम्भिक रूपमा देखिएको प्रहरीले जनाएको छ।

गएको सोमबार महाराष्ट्रको जालनाको अम्बाड तालुकमा बस्ने एक युवकले रक्सी खाएका थिए। त्यसै क्रममा खेतमा परिवारका सदस्यसँग विवाद भएको थियो। 

झगडा हानाहानमा परिणत भएपछि युवकका बाबु, भाइ र छोराले उनलाई नराम्ररी कुटपिट गरेका थिए । कुटपिटबाट युवकको मृत्यु भएपछि उनीहरूले प्रहरीबाट बच्न शव जलाएका थिए।

मृतक लागुऔषध दुर्व्यसनी भएको र त्यही बानीले परिवारसँग राम्रो सम्बन्ध नभएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .