पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष इमरान खान अल-कादिर ट्रस्टको अनुसन्धानका लागि आज इस्लामावादमा एनएबीसमक्ष उपस्थित हुने भएका छन् । उनी लाहोरबाट श्रीमती बुशरा बीबीसँग प्रस्थान गरेका छन्।
यस मामिलामा इमरान खान फेरि पक्राउ पर्ने आशंका छ। इमरान खानले आफ्ना समर्थकहरूलाई पक्राउ परेमा शान्ति कायम राख्न आग्रह गरेका छन्।
बीबीसी संवाददाता तारब असगरका अनुसार इमरान खानसँग पार्टीका कुनै नेता वा कार्यकर्ता छैनन्।
हिजो इमरान खानले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफू र आफ्नी श्रीमतीलाई इस्लामाबादमा गिरफ्तार हुने डर लागेको बताएका थिए।
यसैबीच, इमरानले अदियाला जेलबाहिर पार्टी नेतृ शिरीन मजारीको पुन: गिरफ्तारीको निन्दा गरेका छन्।
51
Shares

प्रतिक्रिया