ad ad

ग्लोबल


रुसका रेडियोमा जब राष्ट्रपति पुटिनको नक्कली भाषण बज्न थाल्यो...

रुसका रेडियोमा जब राष्ट्रपति पुटिनको नक्कली भाषण बज्न थाल्यो...

फाइल फाेटाे : पुटिन


नेपालखबर
जेठ २२, २०८० सोमबार २१:१, मस्को

रुसका थुप्रै रेडियो स्टेसन ह्याक गरिएका  छन्।  रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको  छ। 

ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ। किभले यस्ता गतिविधिले लामो अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ। 

नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारण भइरहेका छन्। 

रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रमा मार्सल, सामान्य परिचालन र नागरिकहरूलाई खाली गर्ने घोषणा गरेको छ। 

‘यो वास्तवमै ह्याक थियो’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भनेका छन्। बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश ‘नक्कली’ भएको बताएको छ, जसको उद्देश्य ‘शान्तिपूर्ण बेलगोरोडका बासिन्दामा त्रास छर्नु’ केन्द्रित रहेको बुझिएको छ। 

एमआरआइ रेडियो स्टेसनले  ह्याकिङलाई पूर्ण नक्कली र उत्तेजक भनेको छ। जुन  करिब ४० मिनेटसम्म प्रसारण भएको थियो। रासस/एएफपी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .