ad ad

ग्लोबल


अमेरिकाले चिनियाँ सामानको आयात ५० प्रतिशत घटायो

अमेरिकाले चिनियाँ सामानको आयात ५० प्रतिशत घटायो

नेपालखबर
जेठ २४, २०८० बुधबार १०:२१, काठमाडौँ

अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ। पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृङ्खलालाई चीन बाहिर पुर्‍याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको हो। 

हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ।

परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ। अमेरिकी उपभोक्ताले पनि चीन बाहेकका मुलुकका सामानलाई रुचाएका पाइएको छ। ती उत्पादन किफायती भएकाले उपभोक्ताको रोजाइमा परेका हुन्। 

दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन्। यद्यपि ती मुलुकबाट अमेरिका आयातको हिस्सा ५० प्रतिशतभन्दा कम हुने ठानिएको छ। भारत, भियतनाम, ताइवान र मलेसियाका उत्पादनले पनि उनीहरूको मन जितेको छ।  

चीन र अमेरिका एकअर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन्। अमेरिकी व्यापार तथ्याङ्क प्रयोग गर्ने किर्नीको रिशोरिङ इन्डेक्सका आधारमा गत वर्ष एसियाली देशहरूबाट अमेरिकाले आयात गरेको वस्तुको ५०।७ प्रतिशत चिनियाँ सामानको थियो। यो सङ्ख्या  दश वर्षअघि लगभग ७० प्रतिशत थियो। 

किर्नीको तथ्याङ्कअनुसार विगत पाँच वर्षमा भियतनामबाट अमेरिकाले दोब्बर र अघिल्लो दशकमा तीन गुणाले आयात गरेको थियो। यसले संयुक्त राज्य अमेरिकामा खपत हुने एसियाली उत्पादनहरूको ठूलो हिस्सामा योगदान पुर्‍याएको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .