ग्लोबल


कम्बोडियाको नयाँ प्रधानमन्त्रीमा हुन सेनका जेठा छोरा

कम्बोडियाको नयाँ प्रधानमन्त्रीमा हुन सेनका जेठा छोरा

नेपालखबर
साउन २२, २०८० सोमबार १५:१५,

कम्बोडियामा ३८ वर्ष शासन गरेका हुन सेनका जेठा छोरा मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन्। सोमबार कम्बोडियाका राजा नरोद्दम सिहामोनीले शाही घोषणामार्फत हुन मानेत प्रधानमन्त्री बनेको बताएका हुन्।

जुलाई २३ को आम चुनावलगत्तै प्रधानमन्त्री हुन सेनले आफूले पदत्याग गर्ने बताएका थिए।

उनको पार्टीले संसदको पाँच वटाबाहेक सबै सिट जितेको छ। प्रमुख प्रतिपक्षीलाई चुनावमा भाग लिनै प्रतिबन्ध लगाइएको थियो।

हुन मानेत ४५ वर्ष पुगेका छन्। भर्खरैसम्म कम्बोडियाली सेनाको चार तारे जर्नेल थिए। उनलाई प्रधानमन्त्री पदका लागि लामो समयदेखि तयार पारिँदै थियो।

२२ अगस्टमा उनको नियुक्तिलाई संसदले अनुमोदन गर्नुपर्छ। १२५ मध्ये १२० सिट उनकै पार्टीको नियन्त्रणमा छ।

कयौँ वर्षदेखि हुन सेनले प्रधानमन्त्री पदमा पनि वंश परम्परा सुरु गर्ने योजना बनाइरहेका थिए।

चुनावको तीन दिनपछि पदत्याग गर्ने बताउँदै हुन सेनले कम्बोडियाको स्थिरताका लागि राजीनामा दिन लागेको जनाएका थिए। उनी विश्वमै लामो समय शासन गर्ने नेतामध्ये एक हुन्।

सत्तामा रहँदा उनले विरोधीहरुमाथि व्यापक दमन गरेका थिए।

हुन मानेतलाई दलबाहिरबाट कुनै खतरा छैन। तर, पार्टीभित्रैका समूहहरुलाई व्यवस्थापन गर्नु उनको मुख्य चुनौती हुने जनाइएको छ।

हुन मानेतले अमेरिकाको सैन्य एकेडेमीका साथै युनिभर्सिटी अफ ब्रिस्टोलबाट अध्ययन गरेका छन्।

हुन सेनले भने सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘अझै पनि अन्त्य भइसकेको छैन। म अन्य पदहरुमा कम्तीमा २०३३ सम्म सेवारत रहनेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad