भारत सरकारले पीएम इबस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले पीएम इबस सेवा नामक दिगो शहरी विकासका लागि विद्युतीय बस सञ्चालन गर्न अनुमति दिएको हो। योजनाका लागि ५७६ अर्ब भारु (करिव ६.९ बिलियन अमेरिकी डलर) स्वीकृत भएको छ।
यस योजनाअन्तर्गत १६९ शहरमा विद्युतीय बस सञ्चालनका लागि प्रोत्साहन गरिनेछ। भारतीय खेलकुद, युवा मामिला र सूचना प्रशारणमन्त्री अनुराग ठाकुरले लगभग १० हजार नयाँ विद्युतीय बसहरु खरिद गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको बताए।
उनले यो सेवा केन्द्र शासित प्रदेश, उत्तरपूर्वी राज्यहरु र पहाडी क्षेत्रहरुको राजधानीका ३ लाख बढी जनसंख्या भएका शहरहरूमा सञ्चालन हुनेछ। यस योजनाअन्तर्गत १८१ शहरमा चार्जिङ स्टेशनसँगै १० वर्षको अवधिका लागि विद्युतीय बस सञ्चालन हुनेछन्।
Shares

प्रतिक्रिया