भारतीय अन्तरिक्ष अनुसन्धान संगठन अर्थात् इसरो (आईएसआरओ) ले आफ्नो सौर्य मिसन आदित्य–एल वानद्वारा खिचेको तस्बिर सार्वजनिक गरेको छ।
इसरोले आफ्नो ट्विटरमा लेखेको छ, ‘सूर्य र पृथ्वीबीचको एल–१ बिन्दुका लागि पठाइएको आदित्य–एल१ ले एउटा सेल्फी लिएको छ।’
इसरोका अनुसार आदित्य–एल१ ले पृथ्वी र चन्द्रमाको तस्बिर पनि लिएको छ।
इसरोले आफ्नो भिडियोमा ४ सेप्टेम्बरमा आदित्य-एल१ ले खिचेको सेल्फीमा भिजिबल लाइन एमिसन कोरोनाग्राफ (वीईएलसी) र सोलार अल्ट्राभायोलेट इमेजिङ टेलिस्कोप (एसयूआईटी) पेलोडहरू देखिने बताएको छ।
सोही दिन यो मिसनले पृथ्वी र यसको उपग्रह चन्द्रमाको तस्बिर पनि खिच्यो। यो तस्बिरमा पृथ्वी ठूलो देखिन्छ भने चन्द्रमा बिन्दुजस्तो देखिन्छ।
Aditya-L1 Mission:
— ISRO (@isro) September 7, 2023
👀Onlooker!
Aditya-L1,
destined for the Sun-Earth L1 point,
takes a selfie and
images of the Earth and the Moon.#AdityaL1 pic.twitter.com/54KxrfYSwy
Shares

प्रतिक्रिया