स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुन तयार उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भ्रमण रद्द गरिएको छ।
प्रधानमन्त्री सान्चेज जी–२० बैठकमा सहभागी हुन भारतका लागि गर्ने तयारीमा थिए।
‘मैले आज दिउँसो स्वास्थ्य परीक्षण गरेको छु, कोरोना पोजिटिभ देखिएको छ’, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन, ‘त्यसैले म जी-२० बैठकका लागि भारतको दिल्ली जान सक्दिनँ। कोरोना भएपनि मलाई राम्रो महसुस भइरहेको छ।’
प्रधानमन्त्री सान्चेज रोकिएपछि अब उपप्रधानमन्त्री नादिया क्याल्भिनो, आर्थिक मामिला मन्त्री र विदेश मन्त्री जी-२० बैठकमा सहभागी हुनेछन्।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज जी-२० बैठकमा नआउने तेस्रो नेता हुन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यो बैठकमा सहभागी हुने छैनन्।
Shares

प्रतिक्रिया