ग्लोबल


बाढीले दक्षिण चीनको ग्वाङडोङका ८० हजार स्थानीय विस्थापित

बाढीले दक्षिण चीनको ग्वाङडोङका ८० हजार स्थानीय विस्थापित

सिन्ह्वा
भदौ २४, २०८० आइतबार १४:४२, काठमाडौँ

शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरु विस्थापित भएका छन्। 

उनीहरुलाई सुरक्षित स्थानमा सारिसकिएको छ। टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै शहर र काउन्टीहरुमा मुसलधारे वर्षा भइरहेको छ।

जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ। प्रान्तिय विपद् न्यूनीकरण आयोगले १५ सहरमा बढी जोखिम रहेको बताएको छ।

सेन्जेन, झुहाइ र जियाङ्मेन शहरहरु र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागहरुमा विद्यालयसमेत बन्द गरिएको छ।

त्यस्तै ४७ रेल सेवाहरु अवरुद्ध भएका छन् भने ७९ सडक खण्डहरु, ६ वटा टोल बुथ र एउटा पुल पुल अवरुद्ध भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .