इजिप्टले लजिस्टिक्स परियोजनाका लागि विश्व बैंकबाट ४ सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले बिहीवार ४ सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने बताएका हुन्।
काइरो र अलेक्जान्ड्रियाबीच व्यापार वृद्धि गर्ने उद्देश्यले यो परियोजनाका लागि विश्व बैंकबाट सो ऋण लिइएको हो।
परियोजनामा रेल्वे क्षेत्रको नवीकरण, परियोजना कार्यान्वयन, निजी क्षेत्रको सहभागिता, रेल्वे क्षेत्र सुधार र इजिप्टको रेल्वे पूर्वाधारका लागि प्रयोग हुनेछ।
असोज ५, २०८०, शुक्रबार
18
Shares
प्रतिक्रिया