ग्लोबल


भारतमा ३० देशका सेनाप्रमुख भेला हुँदै, के हो उद्देश्य?

भारतमा ३० देशका सेनाप्रमुख भेला हुँदै, के हो उद्देश्य?

फाइल फाेटाे : भारतीय सेना प्रमुख मनोज पाण्डे


रासस/एएनआई
असोज ६, २०८० शनिबार १९:१०, नयाँदिल्ली

हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गतेसम्म भारतको राष्ट्रिय राजधानी नयाँदिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुने भएको छ। 

सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भागलिने भारतीय सेनाका अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो। सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ। 

आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिक÷आतङ्कवादी गतिविधि हुन नदिन सूचना आदानप्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तररुपमा अघि बढाउन सम्मेलन महत्वपूर्ण हुने भारतीय सेनाले जनाएको छ। 

सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रधान सेनापति एवं तिनका प्रतिनिधिले भाग लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .