भारतको हरियाणा कांग्रेस अध्यक्ष उदय भानले प्रधानमन्त्री नरेन्द्र मोदी र हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरविरुद्ध दिएको आपत्तिजनक बयान सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसका कारण विवाद बढ्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
ये महानुभाव हरियाणा कांग्रेस के अध्यक्ष हैं। देश के प्रधानमंत्री और हरियाणा के मुख्यमंत्री को लेकर इनकी नफरती भाषा सुनिए...
मोहब्बत की तथाकथित दुकान चलाने वाले राहुल गांधी के खास सिपहसलार हरियाणा कांग्रेस के अध्यक्ष उदयभान की यह घोर आपत्तिजनक और निंदनीय भाषा कांग्रेस पार्टी की… pic.twitter.com/BJBEfyamKM — Sambit Patra (@sambitswaraj) September 23, 2023
तर भानले आफूले कुनै आपत्तिजनक भाषा नबोलेको जिकिर गरेका छन्।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भने, ‘मैले केही गलत बोलेको छैन। सत्य जे हो, त्यही कुरा मैले अगाडि राखेको हुँ। तिललाई पहाड बनाइएको छ। त्यसमा आपत्तिजनक कुरा केही छैन। त्यो हरियाणामा बोल्ने आम भाषा हो।’
उनको भनाइप्रति टिप्पणी गर्दै हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले भने, ‘परिवारवादमा डुबेको पार्टी र नातावादको मानसिकतामा गुलाम भएका मानिसले मैले देशका १४० करोड जनतालाई माननीय प्रधानमन्त्रीजी र हरियाणाका पौने ३ करोड जनतालाई म आफ्नो परिवार मान्छौँ भन्ने कुरा बुझ्दैनन्। कांग्रेसलाई मैले होइन, हाम्रो परिवारका यिनै जनताले जवाफ दिनेछन्।’
भाजपाका प्रवक्ता सुधांशु त्रिवेदीले उनको भनाइको आलोचना गर्दै यसले भाजपा कार्यकर्तालाई चोट पुगेको बताए।
उनले भने, ‘राजनीतिमा यो नीचताको पराकाष्ठा हो। हाम्रा एक सांसदको मुखबाट केही नचाहिने कुरा निस्किएपछि सदनमा उपस्थित हाम्रा वरिष्ठ नेता राजनाथ सिंहले तत्काल खेद व्यक्त गर्दै विपक्षीसँग माफी माग्नुभयो। उहाँविरुद्ध हाम्रो पार्टीले तुरुन्त नोटिस जारी गर्यो। उहाँ त कांग्रेसको प्रदेश सभापति हुनुहुन्छ र यो कांग्रेसको आधिकारिक भनाइ हो, कांग्रेसले के कारबाही गरिरहेको छ?’
#WATCH दिल्ली: हरियाणा कांग्रेस अध्यक्ष उदय भान के बयान पर राज्यसभा सांसद और बीजेपी प्रवक्ता सुधांशु त्रिवेदी ने कहा, '' उदय भान जी का बयान देख कर हम सब बाजपा कार्यकर्ताओं के मन में वेदना और क्षोभ उत्पन्न हो रहा है। एक जनसामान्य के मन में भी वेदना और क्षोभ उत्पन्न हो रहा है। ये… pic.twitter.com/hWkAb9sMKZ
— ANI_HindiNews (@AHindinews) September 23, 2023
भाजपा नेता संबित पात्राले भने, ‘हरियाणा कांग्रेस अध्यक्षले राहुल गान्धीको आदेशमा त्यस्तो बोलेका हुन् भने मलाई अचम्म लाग्ने छैन, किनभने प्रधानमन्त्रीप्रति उनको नकारात्मकता र घृणा सबैमा जगजाहेर छ। गान्धी परिवारले प्रधानमन्त्री मोदीप्रति कांग्रेसभित्र जुन घृणाको बीजारोपण गरेको छ, त्यो विष वमन त्यसैको परिणाम हो।’
शिवसेना (उद्धव ठाकरे गुट) सांसद प्रियंका चतुर्वेदीले भनिन्, ‘कसैको व्यक्तिगत जीवनबारे टिप्पणी गर्ने अधिकार कसैलाई छैन।
उनीहरूको पारिवारिक जीवन र सार्वजनिक काम छ। जनतासँग सम्बन्धित विषय उठाउनैपर्छ, तर व्यक्तिगत आक्रमण गरिनु कदापि उचित होइन, जहाँसम्म जसले त्यस्तो बोलेको छ, उसले माफी माग्नुपर्छ।’
Shares

प्रतिक्रिया