ग्लोबल


१७ लाख ‘अवैध’ अफगान शरणार्थीलाई देश छाड्न पाकिस्तानको आदेश

१७ लाख ‘अवैध’ अफगान शरणार्थीलाई देश छाड्न पाकिस्तानको आदेश

नेपालखबर
असोज १७, २०८० बुधबार १६:३,

पाकिस्तान सरकारले बिनाअनुमति आफ्नो देशमा बसिरहेका अफगानीहरूलाई नोभेम्बरअघि देश छाड्न आदेश दिएको छ। यसरी पाकिस्तानमा शरण खोजिरहेका अफगानीहरूको संख्या करिब १७ लाख रहेको अनुमान गरिएको छ।

यो वर्ष दुई मुलुकको सीमा क्षेत्रमा बढेको कट्टरपन्थी हमलाहरूपछि उनीहरूबीच तनाव बढेको छ।

पाकिस्तानले अफगानी लडाकुहरूले सीमा पार गरेर आक्रमण गरेको आरोप लगाउँदै आएको छ। तालिबानले भने तयसलाई अस्वीकार गरेको छ।

गत साता मात्र अफगानिस्तानको सीमानजिक पर्ने पाकिस्तानी सहर मास्तुङस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ५० जनाको ज्यान गएको थियो।

यही क्रममा पाकिस्तानले ‘अवैध’ अफगानी आप्रवासीहरूलाई देश छाड्न भनेको हो।

पाकिस्तानले २०२१ मा तालिबान सत्तामा आएपछि लाखौँ अफगानीलाई शरण दिएको छ। जसमध्ये १३ लाख जति शरणार्थीका रुपमा पर्दा भएका छन्। अन्य ८ लाख ८० हजारले वैध हैसियत प्राप्त गरेका छन्।

तर, त्यसबोहक पनि १७ लाखले अवैध रुपमा सीमा पार गरेको पाकिस्तानका गृहमन्त्री सरफराज बुग्तीले बताएका छन्।

ती मानिसहरूले यो महिनाभर स्वेच्छाले वा डिपोर्टेसनका माध्यमले देश छाड्नुपर्ने उनको भनाइ छ। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad