ग्लोबल


प्यालेस्टाइनको समर्थनमा न्युयोर्कमा जुलुस

प्यालेस्टाइनको समर्थनमा न्युयोर्कमा जुलुस

नेपालखबर
असोज २८, २०८० आइतबार १८:३३, काठमाडौँ

इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै प्यालेस्टाइनीलाई समर्थन गर्न न्युयोर्क टाइम्स स्क्वायरमा हजारौँ उपस्थित भएका छन्।

उनीहरले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरुले प्यालेस्टानइनको रातो, कालो र हरियो झण्डा बोकेर विभिन्न नाराबाजी गरेका थिए।

कतिपयले फ्री प्यालेस्टाइन, प्यालेस्टाइनलाई साथ दिनुहोस् र व्यवसाय आतंकवाद हो? जस्ता प्लेकार्ड बोकेका थिए। प्रदर्शनकारीहरुले गाजामा युद्ध बन्द गर्न, निर्दोष नागरिकको हत्या रोक्न र इजरायली रंगभेदलाई दिइने सबै सहायता बन्द गर्न माग गरेका थिए।

उनीहरुले युद्धले समस्या समाधान नगर्ने भन्दै वार्ताका लागि पहल गर्नसमेत आग्रह गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad