ग्लोबल


इजरायल–हमास द्वन्द्व रोक्न चीनसँग मिलेर काम गर्छौं : अमेरिका

इजरायल–हमास द्वन्द्व रोक्न चीनसँग मिलेर काम गर्छौं : अमेरिका

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन


नेपालखबर
कात्तिक ८, २०८० बुधबार ८:५७, काठमाडौँ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई इजरायल–हमास द्वन्द्व ठूलो युद्धमा परिणत हुन नदिन चिनियाँ विदेशमन्त्री वाङ यीसँग मिलेर काम गर्ने बताएका छन्।

ब्लिन्केनले भने, ‘यस द्वन्द्वलाई थप फैलिन नदिन परिषद्‌का सदस्य, विशेषगरी स्थायी सदस्यहरूको जिम्मेवारी हो।’ 

यसका लागि आफू चीनका विदेशमन्त्रीसँग मिलेर काम गर्न तयार रहेको उनले बताए।

चिनियाँ विदेशमन्त्री वाङ यी बिहीबार अमेरिका पुगेका छन्। उनको भ्रमणको उद्देश्य आगामी महिना चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित अमेरिका भ्रमणको लागि वातावरण मिलाउनु हो।

यस अवधिमा मध्यपूर्व संकटका बारेमा पनि छलफल हुने विश्वास गरिएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .