ग्लोबल


इजरायलले पहिलोपटक रोक्यो बमबारी

इजरायलले पहिलोपटक रोक्यो बमबारी

नेपालखबर
कात्तिक २२, २०८० बुधबार २१:१३, काठमाडौँ

उत्तरी गाजा छाडेर स्थानीयलाई दक्षिणतर्फ जान राजमार्गमा चार घण्टाका लागि बमबारी बन्द गराएको इजरायली सेनाले यसको अवधि एक घण्टा बढाएको छ।

मानिसहरूलाई इलाका छाड्न सुरक्षित बाटो प्राप्त होस् भनी इजरायली सेनाले बुधबार पहिलोपटक बमबारी छोटो समयका लागि रोकेको हो।

एक्स (पहिलेको नाम ट्विटर) मार्फत इजरायलको रक्षा मन्त्रालयले भनेको छ– आईडीएफले आज धेरै मानिस दक्षिणतर्फ सुरक्षित रूपमा जान सकुन् भनेर जाने समय एक घण्टा बढाएको छ।

बीबीसीका अनुसार गाजामा एक महिनादेखि जारी इजरायली बमबारी सबैभन्दा कम भएको आज पहिलोपटक हो।

मध्य गाजाका तीनवटा ठूला क्षेत्रमा बमबारी रोकिएको हो। 

हजारौं मानिस सालाह अल–दिन राजमार्ग हुँदै पैदल दक्षिणतर्फ लागिरहेका छन्।

यसलाई मानवीय विराम भनिएको छ, जसका बारेमा अमेरिकाले केही दिनदेखि कुरा गरिरहेको थियो।

आज कति मानिसले उत्तरी गाजा छाडे भन्ने तथ्यांक सार्वजनिक भएको छैन, तर संयुक्त राष्ट्रसंघले मंगलबार यो संख्या १५ हजार रहेको जनाएको छ।

गाजापट्टीको उत्तरी क्षेत्रमा अझै पनि लाखौं मानिस रहेको विश्वास गरिन्छ।

अधिकारीहरूका अनुसार इजरायली बमबारीमा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ५६९ पुगेको छ। जसमध्ये ४ हजार ३२४ बालबालिका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .