प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलका गाडी र बुलडोजर ध्वस्त पारेको दाबी गरेको छ।
बीबीसीका अनुसार हमासको सैन्य शाखा अल–कसामले समुद्र तट शिविरनजिकै तीन इजरायली गाडी र एउटा बुलडोजर ध्वस्त पारेको दाबी गरेको हो।
साथै गाजा सहरको उत्तरी क्षेत्रमा रहेको शेख रदवानमा एउटा इजरायली ट्यांक र अल–तवाममा एउटा ट्यांक पनि ध्वस्त पारिएको दाबी हमासले गरेको छ।
यसैबीच, प्यालेस्टाइन इस्लामिक जिहादको अल–कुद्स ब्रिगेडले गाजा सहरको अन्सार कम्प्लेक्समा इजरायली गाडीहरूमा बम विस्फोट गराएको दाबी गरेको छ।
साथै उसले इजरायली सहर अस्दोदमा रकेट प्रहार गरेको दाबी पनि गरेको छ। इजरायलको यो सहरमा हवाई आक्रमणको साइरन पनि सुनिएको छ।
यसअघि इजरायलले १० घण्टा लामो संघर्षपछि उत्तरी गाजामा रहेको हमास क्षेत्र कब्जा गरेको दाबी गरेको थियो।
Shares

प्रतिक्रिया