ग्लोबल


टर्की प्रहरीद्वारा १७ जना आईएस संदिग्ध पक्राउ

टर्की प्रहरीद्वारा १७ जना आईएस संदिग्ध पक्राउ

टर्की काउन्टर टेरर पुलिस इस्तानबुलमा अपरेसनका क्रममा (सिन्ह्वा)


नेपालखबर
मंसिर ३, २०८० आइतबार १२:२६,

टर्की प्रहरीले इस्तानबुलमा १७ जना आईएस संदिग्धलाई पक्राउ गरेको छ।

टर्की काउन्टर टेरर पुलिसले इस्तानबुलमा गरेको अपरेसनमा इस्लामिक स्टेट (आईएस) समूहसँग सम्बद्ध १७ संदिग्धलाई पक्राउ गरेको इहलास समाचार एजेन्सीले जनाएको छ।

आईएस चरमपन्थीसँग सम्बन्ध रहेको र समूहको विचारधाराअनुरूप तालिम प्रदान गरेको आशंकामा विदेशीलाई लक्षित गरी प्रहरीले ९ जिल्लामा छापा मारेको हो।

प्रहरीले १७ संदिग्धलाई नियन्त्रणमा लिएको तथा ठूलो मात्रामा कागजात र डिजिटल सामग्री बरामद गरेको समाचारमा उल्लेख छ।

टर्कीले सन् २०१३ मा आईएसलाई आतंककारी समूहको रूपमा सूचीबद्ध गरेको थियो। चरमपन्थी समूहले टर्कीमा धेरै पटक आक्रमण गरेको छ।

जवाफमा टर्कीका अधिकारीले देश एवं विदेशमा आतंकवादविरोधी अभियान सुरु गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .