ग्लोबल


इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठायो

इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठायो

नेपालखबर
मंसिर ४, २०८० सोमबार ११:५८,

इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ।

इजिप्टले गाजापट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो।

इजिप्टको ताह्या मिस्र कोषले उपलब्ध गराएको २ हजार ५ सय टन सहायता प्याकेज बोकेको काफीले रफाह सीमा नाका हुँदै गाजा प्रवेश गर्नेछ।

इजिप्टको राजधानी कायरोमा आयोजित उद्घाटन समारोहमा इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले गाजामा हालसम्म दुई तिहाइभन्दा बढी सहयोग इजिप्टबाट पठाएको बताए।

इजरायलले अक्टोबर ७ मा गाजा-सत्ताधारी हमास लडाकुहरूको नेतृत्वमा भएको आक्रमणको बदलास्वरूप गाजापट्टीमा आक्रमण गरिरहेको छ।

हमासको आक्रमणमा परी इजरायलमा करिब १ हजार २ सय व्यक्तिको मृत्यु भएको छ भने दुई सयभन्दा बढीलाई बन्धक बनाएको छ।

इजरायल-गाजा जारी द्वन्द्वले तटीय एन्क्लेभमा १२ हजार प्यालेस्टिनीको मृत्यु भएको छ। गाजापट्टीमा पानी, बिजुली, इन्धन र अन्य आवश्यक सामग्रीको आपूर्ति बन्द गरिएको छ।

अक्टोबर २१ देखि, इजिप्टबाट राफा क्रसिङ हुँदै प्यालेस्टिनी एन्क्लेभमा सीमित मानवीय सहायतालाई अनुमति दिइएको छ। -सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .