ग्लोबल


भारत विधानसभा चुनाव : मोदीको पकड झनै बलियो, देखिएन गान्धीको प्रभाव

भारत विधानसभा चुनाव : मोदीको पकड झनै बलियो, देखिएन गान्धीको प्रभाव

नेपालखबर
मंसिर १८, २०८० सोमबार १५:५५, काठमाडौँ

भारतका पाँच राज्यमा विधानसभा चुनाव सम्पन्न भएको छ। 

चुनावको नतिजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पकड झनै बलियो भएको देखाएको छ।

उता मोदी आउनुअघि केन्द्र सरकार हाँकेको कंग्रेसको प्रभाव खस्किएको देखिएको छ। यो चुनावले कंग्रेस नेता राहुल गान्धीको हरतरहको प्रयासले काम नगरेको देखाएको हो। 

चुनावमा केन्द्र सरकार हाँकिरहेको भारतीय जनता पार्टी (भाजपा)ले मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा पकड कायम गरेको छ। 

हिन्दीबहुल यी राज्यमा भाजपाले कंग्रेसलाई पराजित गर्न सफल भएको छ। यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सफलता र सन् २०२४ मा हुने लोकसभा चुनावका लागि बलियो आधारका रुपमा पनि हेरिएको छ। 

उता राजस्थान र छत्तीसगढमा हारेको कंग्रेसले तेलांगनामा भारत राष्ट्र समिति (बीआरएस)लाई पराजित गरेर सान्त्वना बटुलेको छ। 

कुन राज्यमा कसले जिते? 
भारतीय सञ्चारमाध्यमका अनुसार मिजोरममा जेटपीएमले सबैभन्दा धेरै २७ सिट जितेको छ। उक्त राज्यमा एमएनएफले १०, बीजेपीले २ र कंग्रेसले १ सिट जितेको छ। यहाँ २१ सिट जिते बहुमत पुग्छ। 

त्यसैगरी तेलांगनामा कंग्रेसले सबैभन्दा बढी ६४ सिट जितेको छ। त्यसपछि बीआरएसले ३९, बीजेपीले ८, एआईएमआईएमले ७ र ओटीएचले १ सिट जितेको छ। यहाँ ६० सिट जिते बहुमत पुग्छ।  

यता मध्यप्रदेशमा बीजेपीले बाजी मारेको छ। ११६ ल्याए बहुमत पुग्ने यस राज्यमा बीजेपीले १६३, कंग्रेसले ६६ र ओटीएचले १ सिट जितेको हो। यहाँ २३० सिटका लागि मतदान भएको थियो। 

यता २०० सिट भएको राजस्थानमा पनि बीजेपीले नै सबैभन्दा बढी ११५ सिट जितेको छ। जम्मा १०० सिट जिते बहुमत पुग्ने यस राज्यमा कंग्रेसले ६९, बीएसपीले २ र ओटीएचले १३ सिट जितेको टाइम्स अफ इन्डियाले जनाएको छ। 

त्यस्तै छत्तीसगढ राज्यमा भएको चुनावमा बीजेपीले नै बहुमत पु¥याएको छ। ४६ सिट जिते बहुमत पुग्नेमा उसले ५४ सिट जितेको हो। यसबाहेक कंग्रेसले ३५ र ओटीएचले १ सिट जितेको छ। यहाँ ९० सिटमा मतदान भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad