ग्लोबल


अमेरिकामा शिख नेताको हत्या प्रयासबारे अनुसन्धान गर्न भारत तयार

अमेरिकामा शिख नेताको हत्या प्रयासबारे अनुसन्धान गर्न भारत तयार

फाइल तस्बिर


नेपालखबर
पुस ४, २०८० बुधबार १८:२९, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा शिख ‘पृथकतावादी’ नेता हत्याको षडयन्त्रबारे उपलब्ध गराइएको प्रमाणको अनुसन्धान गर्ने बताएका छन्। 

अमेरिकी न्याय विभागले गत महिना एक भारतीय नागरिकमाथि अमेरिकी भूमिमा एक शिख नेताको हत्याको षडयन्त्र रचेको आरोप लगाएको थियो।

प्रधानमन्त्री मोदीले यसबारे आफ्नो पहिलो टिप्पणीमा भने, 'यदि हाम्रो नागरिकले केही राम्रो वा नराम्रो काम गरेको छ भने हामी त्यसलाई हेर्न तयार छौं। हाम्रो प्रतिबद्धता विधिको शासनप्रति हो।'

यसअघि भारतीय विदेश मन्त्रालयले 'यस मामिलाका सबै सान्दर्भिक पक्षहरूको अध्ययन गर्न’ ‘उच्चस्तरीय’ छानबिन समिति गठन गरेको बताएको थियो।

नोभेम्बर २९ मा अमेरिकी न्याय विभागले न्युयोर्क शहरमा भारतीय मूलका अमेरिकी नागरिक ५२ वर्षीय निखिल गुप्ताविरुद्धको हत्या गर्ने असफल योजनामा संलग्नताको आरोप सार्वजनिक गरेको थियो। 

न्याय विभागका अनुसार हत्यामा संलग्न व्यक्ति ‘भारत सरकारको मुखर आलोचक हुन्। उनी अमेरिकास्थित शिख समुदायको सङ्गठनको नेतृत्व गर्छन्। उनले उत्तरी भारतीय राज्य पञ्जाबलाई अलग गर्ने पक्षमा वकालत गर्छन्।

भारतमा बस्दै आएका गुप्तालाई चेक रिपब्लिकका अधिकारीहरूले अमेरिकी सुपुर्दगी आदेशअन्तर्गत पक्राउ गरेका थिए।

ह्वाइट हाउसले संयुक्त राज्य अमेरिकामा एक शिख पृथकतावादीको हत्या गर्ने कथित षडयन्त्रलाई ‘अत्यन्त गम्भीरताका साथ’ हेरिरहेको र भारत सरकारसँग यो मुद्दा उठाएको बताएपछि मोदीको यो टिप्पणी आएको हो।

त्यही दिन फाइनान्सियल टाइम्सले अमेरिकी र क्यानडेली नागरिक गुरपतवन्त सिंह पन्नुनको हत्याको षडयन्त्र असफल पारेको समाचार प्रकाशित गरेको थियो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत सेप्टेम्बरमा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यामा नयाँ दिल्लीलाई जोडेपछि क्यानडा र भारतबीच ठूलो कूटनीतिक विवाद भएको थियो।

नयाँ दिल्लीले क्यानडाको आरोपलाई ‘बेतुकको’ आरोप मात्रै भएको बताएको छ। 

मोदीले फाइनान्सियल टाइम्ससँग भनेका छन्, 'भारत विदेशमा रहेका केही अतिवादी समूहका गतिविधिप्रति निकै चिन्तित छ।'

'अभिव्यक्ति स्वतन्त्रताको आडमा यी तत्वहरुले धम्की दिने र हिंसा भड्काउने काम गरेका छन्,' उनले भने।

एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .