सञ्चारकर्मी सहदेव चौधरीले 'चोखो माया...' बोलको गीत बजारमा ल्याएका छन्।
चौधरीले लेखेको गीतमा संगीता राना प्रधानको स्वर छ। प्रेम भाव झल्काइएको उक्त जुगल डंगोलको संगीत तथा एरेन्ज छ।
एक दशकदेखि पत्रकारितामा सक्रिय चौधरी गीत-संगीतमा सक्रिय छन्। उनले ‘चोखो माया’ गीत पहिलो पटक लेखेका हुन्।
आर्टम्युज स्टुडियोमा रेकर्डिङ र मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
78
Shares

प्रतिक्रिया