क्यालिफोर्नियास्थित स्वामीनारायण सम्प्रदायको मन्दिरमा भिन्द्रनवालेको समर्थन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नारा लेखिएको घटनाको अमेरिकाले निन्दा गरेको छ।
साथै अमेरिकाले घटनामा संलग्नलाई कारबाही गर्न स्थानीय प्रहरीले गरिरहेको प्रयासको स्वागत पनि गरेको छ।
अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिलाको ब्युरोले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, ‘हामी क्यालिफोर्नियाको श्री स्वामीनारायण हिन्दू मन्दिरमा गरिएको अपमानको निन्दा गर्दछौँ। हामी जिम्मेवार नागरिकलाई जवाफेदही बनाउन नेवार्क प्रहरी विभागले गरिरहेको प्रयासको स्वागत गर्दछौँ।’
We condemn the vandalism of Shri Swaminarayan Mandir Hindu Temple in California. We welcome efforts by the Newark Police Department to ensure that those responsible are held accountable.
यसअघि भारतका विदेशमन्त्री एस जयशंकरले शनिबार गुजरातको एक विश्वविद्यालयको दीक्षान्त समारोहमा भनेका थिए, ‘मैले यो समाचार देखेको छु। हामी यसमा चिन्तित छौँ। चरमपन्थी र पृथकतावादी शक्तिहरूले भारत बाहिर स्थान पाउनुहुन्न। हाम्रो वाणिज्य दूतावासले त्यहाँ जे भएको छ, त्यस विषयमा अमेरिकी सरकार र त्यहाँको प्रहरीमा उजुरी गरेको छ। यस विषयमा अनुसन्धान भइरहेको छ।’
घटना के हो?
#Breaking: Swaminarayan Mandir Vasana Sanstha in Newark, California was defaced with pro-#Khalistan slogans.@NewarkCA_Police and @CivilRights have been informed and full investigation will follow.
— Hindu American Foundation (@HinduAmerican) December 22, 2023
We are insisting that this should be investigated as a hate crime. pic.twitter.com/QHeEVWrkDj
यसबारे अमेरिकी संगठन हिन्दू अमेरिकन फाउन्डेसनले आफ्नो ट्विटर ह्यान्डलमा लेखेको छ, ‘क्यालिफोर्नियाको नेवार्कमा रहेको स्वामिनारायण मन्दिरलाई खालिस्तान समर्थक नारा लगाएर विकृत गरिएको छ।’
‘नेवार्क पुलिस र न्याय विभागको नागरिक अधिकार डिभिजनलाई सूचित गरिएको छ र विस्तृत अनुसन्धान गर्नेछ। हामीले यो केसलाई घृणित अपराधका रूपमा अनुसन्धान गर्न जोड दिइरहेका छौँ।’
Shares

प्रतिक्रिया