ग्लोबल


युद्धको मारमा गाजाका ५० हजार गर्भवती

युद्धको मारमा गाजाका ५० हजार गर्भवती

नेपालखबर
पुस ९, २०८० सोमबार १७:३,

इजरायली आक्रमणबाट क्षतविक्षत बनेको गाजामा करिब ५० हजार गर्भवती रहेको आकलन संयुक्त राष्ट्रसंघले गरेको छ। 

युद्धमा स्वास्थ्य प्रणाली ध्वस्त भइरहँदा गाजामा हरेक दिन १८० जना शिशु जन्मिरहेका छन्।

आइतबार राष्ट्रसंघीय रिलिफ एन्ड वर्क्स एजेन्सी फर प्यालेस्टिनियन रिफ्युजिसले डाक्टर र सुडेनीहरुले जन्मिएका बच्चाहरु र गभर्वतीहरुहरुको स्याहारमा सकेसम्म गरिरहेको जनाएको छ।

युद्ध सुरु हुनुअघि इजरायलमा राष्ट्रसंघले २२ वटा स्वास्थ्य संस्था सञ्चालन गरिरहेको थियो। जुन अहिले ७ वटामा झरेको बताइएको छ।

आइतबार नै विश्व स्वास्थ्य संगठनले गाजाको स्वास्थ्य प्रणाली बर्बाद पारिएको बताएको छ। 

युद्धअघिको तुलनामा अहिले ३८ प्रतिशत शय्या मात्र उपलब्ध रहेको र स्वास्थ्यकर्मी पनि ३० प्रतिशत मात्र कार्यरत रहेको बताइएको छ।

इजरायलले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन गर्दै अस्पतालमा आक्रमण गर्दै आएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad