युक्रेनले सोमबार राति ‘ब्ल्याक सी’ मा गरेको एक आक्रमणमा रसियन युद्धपोत ध्वस्त भएको छ।
यस घटनाको पुष्टि रसियन रक्षा मन्त्रालयले मंगलबार गरेको छ।
रूसी रक्षा मन्त्रालयले एक युद्धपोतमा युक्रेनले गरेको हमलामा एउटा युद्धपोत ध्वस्त भएको जनाएको छ।
सोमबार राति रूसको कब्जामा रहेको क्राइमियाको फेयोदोशिया बन्दरगाहमा युक्रेनले आक्रमण गरेको थियो।
रूसको रक्षा मन्त्रालयले ठूलो ल्यान्डिङ जहाज नोभोचेर्कस्कमाथि गाइडेड मिसाइलयुक्त युक्रेनी जहाजले आक्रमण गरेको थियो।
क्राइमियामा रूसद्वारा स्थापित गभर्नर सर्गेई अक्स्योनोफका अनुसार यो आक्रमणमा एकजना मारिएका छन्।
123
Shares

प्रतिक्रिया