ग्लोबल


रुस र युक्रेनबीच बम हानाहान

रुस र युक्रेनबीच बम हानाहान

नेपालखबर
पुस १५, २०८० आइतबार १३:४८, काठमाडौँ

युक्रेनी अधिकारीहरूले दुई दिनपछि रुसले फेरि ड्रोन आक्रमण गरेको बताएका छन्।

राजधानी किभ र खार्किभका आवासीय भवनहरूमा बम विस्फोट र आगलागी भएको बीबीसीले जनाएको छ। 

यस आक्रमणमा भएको हताहतीबारे अहिलेसम्म विस्तृत जानकारी प्राप्त भएको छैन।

यस आक्रमणलाई युक्रेनले शनिबार रुसविरुद्ध गरेको आक्रमणको जवाफका रूपमा लिइएको छ।

तर, युक्रेनले शनिबार रुसविरुद्ध हमला गरेको र यो रुसी आक्रमणको जवाफ भएको बताएको छ।

रुसले शुक्रबार युक्रेनमा आक्रमण गरेको थियो।

रुसले युक्रेनी आक्रमणमा २० जनाको मृत्यु भएको बताएको छ भने शुक्रबार युक्रेनमा भएको रुसी आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .