ग्लोबल


मोदीले राममन्दिर उद्घाटन गर्दा अयोध्यामा १०० वटा निजी जेट अवतरण हुने

मोदीले राममन्दिर उद्घाटन गर्दा अयोध्यामा १०० वटा निजी जेट अवतरण हुने

नेपालखबर
पुस २७, २०८० शुक्रबार १४:२८,

अयोध्याको शान्त आकास यो महिना जेटका गर्जनले गुलजार हुने भएको छ। प्रधामन्त्री नरेन्द्र मोदीले यो धार्मिक सहरमा एउटा विवादास्पद मन्दिर उद्घाटन गर्दैछन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका अनुसार सरयु नदीको किनारमा अवस्थित यो प्राचीन सहरको नयाँ विमानस्थलमा जनवरी २२ का दिन करिब एक सय वटा निजी जेट अवतरण हुनेछ। 

ठुल्ठूला व्यापारी र नेताहरु चार्टर्ड उडानबाट मन्दिर उद्घाटन समारोहमा सामेल हुन आइपुग्नेछन्।

यो विशाल समारोहअघि सरकारले अयोध्याको हवाई कनेक्टिभिटी विसथर गरेको थियो। किनभने लाखौँ हिन्दू तीर्थयात्री अयोध्यामा जम्मा हुने अपेक्षा गरिएको छ।

बहुसंख्यक हिन्दूहरुले राम जन्मभूमिका रुपमा अयोध्याको पूजा गर्ने गर्छन्। यो समारोहमा फिल्म र खेलकुद क्षेत्रका हस्तीहरुलाई निम्त्याइएको छ।

गत महिना मोदीले १७.५ करोड डलरमा बनेको अयोध्या विमानस्थल उद्घाटन गरे। दुई वर्षभन्दा कम समयमा निर्मित यो विमानस्थलले वार्षिक १० लाख यात्रु धान्ने बताइएको छ।

धावनमार्ग अहिलेलाई न्यारोबडी जहाज अवतरण हुनेगरी मात्र बनाइएको छ। 

भारतको सबैभन्दा ठूलो एयरलाइन्सले अयोध्याबाट नयाँ दिल्ली र अहमदावाद उडान सुरु गरिसकेको छ।

अर्को सातादेखि यो एयरलाइन्सले मुम्बई उडान सुरु गर्दैछ। 

भारतको सस्तो एयरलाइन्स एयर इन्डियाले पनि अयोध्याबाट विमान उडाउने घोषणा गरेको छ भने स्पाइसजेटले चाँडै यहाँ सेवा सुरु गर्ने बताएको छ। ब्लुमबर्गबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad